काठमाडौं । लक्ष्मी फन्डले लक्ष्मी उन्नति कोष नाममा चैत ९ गते (शुक्रबार) देखि ८ करोड इकाई म्युचुअल फन्ड बिक्री खुला गर्ने भएको छ ।फन्डले १५ प्रतिशत (१ करोड २० लाख) इकाई कोष प्रवद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो ।
जसका लागि लगानीकर्ताले चैत १३ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा बिक्रि नभएको खण्डमा फन्डले अन्तिम म्याद सहित चैत २३ गतेसम्म आवेदन खुला गर्ने भएको छ फन्डको व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ ।
यस फन्डमा लगानीकर्ताले न्यूनतम १ सय देखि अधिकतम ८० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यस फन्डमा प्रतिइकाई १० रुपैयाँका दरले आवेदन दिन पाइनेछ ।