IME Life New

सर्भेयरको काम थपियो, बीमितलाई पनि प्रतिवेदन दिनुपर्ने, ५ भन्दा बढि पेण्डिङ राख्ने सर्भेयरलाई थप काम दिन नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले सर्भेयरको क्षति मूल्याङ्कन प्रतिवेदन अब सम्बन्धित बीमितलाई समेत दिनुपर्ने व्यवस्था गरेको छ । बीमा समितिले जारी गरेको दावी भुक्तानी सम्बन्धी नयाँ व्यवस्था अनुसार सर्भेयरले बीमक कम्पनीको लागि तयार गरेको क्षति मूल्याङ्कन् प्रतिवेदन बीमितलाई पनि बुझाउनुपर्ने व्यवस्था गरेको हो । नयाँ व्यवस्था लागू भएपछि बीमा क्षेत्रमा हुने सर्भेयरको काम थप पारदर्शी र निष्पक्ष हुने अपेक्षा गरिएको छ ।

Esewa
Crest

बीमा समितिले यही फागुन २१ गते बुधबार जारी गरेको बीमकको दावी भुक्तानी मार्गदर्शन २०७६ को दफा ९ मा भनिएको छ, ‘सर्भेयरले आवश्यक जाँचबुझ गरी १५ दिनभित्रमा बीमालेखको शर्त तथा सुविधाको अधिनमा रही बीमितले पाउन सक्ने रकम समेत उल्लेख गरी बीमकको दायित्व निर्धारण गरी सोको विस्तृत विवरणसहितको प्रतिवेदन बीमक समक्ष पेश गर्नुपर्ने र सो को जानकारी बीमितलाई समेत दिनुपर्नेछ ।’ नयाँ व्यवस्थाले सर्भेयरहरु निर्णय गर्दा निष्पक्ष भए नभएको, कुनै पक्षलाई अन्याय पर्न जाने हो होइन, राम्रोसँग एकिन गरेर मात्रै प्रतिवेदन तयार गर्नुपर्ने भएको छ । यसअघि बीमक कम्पनीलाई मात्रै बुझाउने हुँदा बेला बेलामा प्रतिवेदनको गुणस्तरमाथि प्रश्न चिन्ह उठ्ने गरेका थिए ।

आफ्नो परिचय नखुलाउने एक सर्भेयरले इन्स्योरेन्स खवरसँग कुराकानी गर्दै नयाँ व्यवस्थाले गलत गर्न खोज्ने, हचुवाको भरमा प्रतिवेदन तयार पार्ने सर्भेयरहरुलाई कानुनी दायरामा ल्याउने बताए । ‘अब बीमितले समेत प्रतिवेदन पाउने हुँदा सर्भेयरको मूल्याङ्कन थप पारदर्शी र प्रभावकारी हुनेछ ।’ अर्का एक सर्भेयरले भने ।

त्यस्तै नयाँ व्यवस्था अनुसार पाँच वटा भन्दा बढि सर्भेको काम पेण्डिङ राख्ने सर्भेयरलाई थप काम दिन नपाइने भएको छ । सम्बन्धित कम्पनीले सर्भेयरलाई दिएको कामको विवरण राखी समयमा काम सम्पन्न नगर्ने सर्भेयरलाई निरुत्साहित गर्न भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बीमा समितिका उप निर्देशक निर्मल अधिकारी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS