IME Life New

बीमाका माध्यमबाट राष्ट्रिय गौरवका विकास र आर्थिक समृद्धिमा योगदानः अध्यक्ष चापागाँई

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुल्मी । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले समाजमा छरिएर रहेको स–सानो बचतलाई बीमा शुल्कको माध्यमबाट संकलन गरी राष्ट्रिय गौरव जस्ता विकासका आयोजना अघि बढाउन तथा देशको आर्थिक उन्नतिमा समेत योगदान पुर्याउने काभ भइरहेको बताएका छन् ।

Esewa
Crest

‘स्थानीय तहसँग बीमा समिति’ नामक राष्ट्रिय अभियान लिएर शनिबार गुल्मीको तम्घासमा पुगेका बीमा समितिका अध्यक्ष चापागाँईले नेपालका विकट क्षेत्र तथा हरेक टोलटोलमा बीमा अभियान सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देश दिए । गत वर्षदेखि नै देशव्यापी अभियान चलाउँदै आएको बीमा समिति यस पटक गुल्मी पुगेको हो । गुल्मीको रेसुङ्गा नगरपालिकासँग यस पटक बीमा समितिले अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रमको प्रमुख अतिथि रेसुङ्गा नगरपालिका उपमेयर सीता भण्डारीले गुल्मी जिल्लामा नगरपालिकाले पशु र कृषि बीमा संचालनमा लिएको बताईन् । उनले बीमाको पहुँच थप विस्तार गर्दै सर्वसाधारण जनतामाँझ आफ्नो सशक्त उपस्थिति जनाउने उद्देश्यका बीमा समितिले उक्त कार्यक्रम संचालनमा ल्याएको खुशी व्यक्त गरिन् ।

कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाँइले बिमा कम्पनी ,बीमाको महत्व र बिमाको आवश्यक बारेमा बताउनु भएको थियो । उक्त कार्यक्रममा रेसुङ्गा नगरपालिकाका उपमेयर सीता भण्डारी, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, बीमा समितिका सहायक निर्देशक पदम सोडारी, स्थानीय बीमा कम्पनीको शाखा प्रमुखहरु, वडा अध्यक्षहरु, सदस्यहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS