IME Life New

राष्ट्रिय बीमा संस्थानको बीमा अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको बजार व्यवस्थापन विभागको आयोजनामा काठमाण्डौमा दुई दिने अभिकर्ता तालिम सम्पन्न भएको छ । कम्पनीले अभिकर्ता तालिमको माध्यमबाट व्यवसाय विस्तारका साथै आम नागरिकमा जीवन बीमाको आवश्यकता र महत्वको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले फाल्गुण ११ देखि १२ गते सम्म दुई दिने अभिकर्ता तालिम सञ्चालन गरेको हो ।

विभागका सह व्यवस्थापक चुडाराज अधिकारी र सहायक व्यवस्थापक स्मृती भट्टले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रशिक्षकहरुले जीवन बीमाको सिद्धान्त, असल अभिकर्तामा हुनुपर्ने गुणहरु, जीवन बीमा फाराम भर्ने तरिका, बीमा शुल्क गणना, बीमा अण्डरराइटिंग, दाबी भुक्तानी तथा बीमा बजारीकरण कला आदि विषयमा प्रशिक्षण दिएको थियो ।

Esewa
Crest

४४ जना प्रशिक्षार्थीहरु सहभागी भएको उक्त तालिम कार्यक्रमको समापन तथा प्रमाण पत्र वितरण संस्थानका प्रशासक कवि प्रसाद पाठकले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS