IME Life New

बीमा समितिद्वारा दावी भुक्तानी निर्देशिका जारी, सर्भेयर र बीमा कम्पनीलाई भुक्तानीको समयसीमा तोकियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले बुधबार दावी भुक्तानी निर्देशिका जारी गर्दै बीमा सर्भेयर र बीमा कम्पनीहरुलाई बीमितलाई गरिने दावी भुक्तानीको लागि समय सीमा लागू गरेको छ ।

बीमाप्रति आम सर्वसाधारणको विश्वास कायम राख्दै दावी भुक्तानी प्रक्रिया पारदर्शी, सरल र छरितो बनाउन बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७६ लागू गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

Esewa
Crest

समितिले जीवन बीमा र निर्जिवन बीमाको दावी भुक्तानीको लागि छुट्टाछुट्टै र प्रक्रियागत समयसीमा तोकेर नयाँ निर्देशन जारी गरेको हो । नयाँ व्यवस्था अनुसार जीवन बीमा कम्पनीहरुले जीवन बीमाको शुल्कको अन्तिम किस्ता भुक्तान गरिसकेका बीमित सो अन्तिम किस्ता भुक्तानी गरेको मितिले १५ दिनभित्र त्यस्तो जीवन बीमाको दाबी भुक्तानी गर्नको लागि चाहिने बीमालेख कागजातहरू समेत संलग्न राखी दाबी भुक्तानी लिन आउनको निमित्त सूचना जारी गरिसक्नुपर्ने तथा सम्पूर्ण कागजात प्राप्त गरेको ७ दिनभित्रैमा भुक्तानी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ ।

निर्जीवन बीमाको दाबी भुक्तानीको निमित्त बीमितको निवेदन प्राप्त भएपछि बीमकले तत्कालै सर्भेयर नियुक्ती गर्नुपर्नेछ । सर्भेयरले १५ दिनभित्रमा क्षतिको विवरणसहितको प्रतिवेदन पेश गर्नुपर्नेछ । सर्भेयरको प्रतिवेदन प्राप्त भएपछि बीमा कम्पनीले २१ दिनभित्र बीमितलाई दावी भुक्तानी गर्नुपर्नेछ । मार्गनिर्देशन अनुसार निर्जिवन बीमा कम्पनीबाट बीमितले ३६ दिनभित्रमा दावी भुक्तानी पाउन सक्नेछन् भने जीवन बीमा कम्पनीले २२ दिनभित्रमा दावी भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ । उल्लेखित व्यवस्थाहरु बीमा ऐनभित्रकै व्यवस्थाहरु हुन् संशोधन गरिएको होइनन् ।

बीमा कम्पनीहरुले कुने क्षतिको अग्रिम भुक्तानी बापत बीमितलाई रकम उपलब्ध गराउन सक्ने व्यवस्था नयाँ निर्देशिकामा गरिएको छ । आज जारी नयाँ मार्गदर्शन अनुसार बीमा कम्पनीहरुले छुट्टै दावी भुक्तानी विभाग गठन गर्नुपर्नेछ । अधिकांश बीमा कम्पनीहरुले अहिले पनि दावी भुक्तानी विभाग गठन गरी कार्य गरिरहेका छन् ।

दावी भुक्तानी निर्देशिका २०७६ पूर्ण पाठ

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS