IME Life New

लामाचौरमा एनआईसी एशिया बैंकको शाखारहित सेवा सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकले प्युठानको स्वर्गद्वारी नगरपालिका–९, लामाचौरमा आफ्नो ५५ औं शाखारहित सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन सोही वडाका अध्यक्ष नरबहादुर बुढामगरले गरे ।

सेवा प्रतिनिधिका रूपमा बैंकले गोपालकृष्ण बुढामगरलाई नियुक्त गरेको छ । उक्त सेवाबाट स्थानीयवासीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, टेलिफोन, मोबाइल, एडीएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्नेलगायत सुविधा पाउने जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS