IME Life New

बैंक अफ काठमाण्डूले ल्यायो भिसा नगद फिर्ता योजना

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ ।

कार्ड बाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र पस तथा इकमर्स कारोबार गर्दा पाँच सय नगद फिर्ता पाउनेछन् । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा पस कारोबार गर्दा दुई सय रुपैयाँ नगद फिर्ता पाउने जनाएको छ ।

Crest

त्यस्तै, कम्तीमा २ वटा इकमर्स कारोबार गर्दा दुई सय ५० रुपैयाँ नगद फिर्ता पाउने बैंकले जानकारी दिएकोे छ । उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुसार लागू हुनेछ ।

यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार पाँच सय रुपैयाँ वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकलाई बैंकले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS