पोखरा । लुम्बिनी बिकास बैंकले सहारा क्लब पोखरा द्वारा पोखरा १७ स्थित दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई सहयोग गरेको छ । बैंकले सहारा एकेडेमीलाई २ लाख २० हजार ८ सय नगद सहयोग गरेको जनाएको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सहारा एकेडेमीलाई नगद सहयोग गरेको बैंकले जनाएको छ । बैंकका पूर्व अध्यक्ष शुसिलराज पराजुलीले एकेडेमी पुगेर सहारा क्लबका अध्यक्ष केशव बहादुर थापालाई उक्त रकम हस्तान्तरण गरेका हुन ।
लुम्बिनी बिकास बैंकले गरेको सहयोगका लागि आभार प्रकट गर्दै सहारा क्लबका अध्यक्ष केशव बहादुर थापाले उक्त सहयोग रकम एकेडेमीमा आश्रित बालकहरुको खाजाका लागि खर्च गरिने बताए ।
कार्यक्रममा बैंकका न्यूरोड शाखाका प्रवन्धक प्रकाश पाहारी, महेन्द्रपुल शाखाका प्रवन्धक बलदेव बहादुर ढकाल, क्लबका पुर्व अध्यक्ष विक्रम थकाली, क्लवका उपाध्यक्ष विश्व बराल, कोषाध्यक्ष राजुलालचन, सहारा युकेका सल्लाहाकार चन्द्र गुरुङ र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष भोज बहादुर गुरुङ लगाएतको उपस्थिती रहेको थियो ।