काठमाडौं । सहयोगी विकास बैंकले आफ्नो १६ औं वार्षिक साधारण सभा चैत्र १० गते गर्ने भएको छ । उक्त सभा जनकपुरको होटेल मानकीमा गर्ने जनाएको छ ।
सभामा सहयोगी विकास बैंकलाई सिटिजन्स बैंकले प्राप्ती गर्ने विषेश प्रस्ताव पेश हुनेछ । सभामा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १८ दशमलव ७२१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने लगायतका विभिन्न एजेण्डा छ ।
सभामा आथिृक वर्ष ७६ /७७ को लोखा परिक्षण, हिसाब, नगद तथा पारिश्रमिक लगायतका विभिन्न एजेण्डाहरु पारित गर्ने जनाएको छ ।
सहयोगी विकास बैंकको १ सय कित्ता बराबर सिटिजन्सको ९१ दशमलव ७५ कित्ता ( १ः०.९१७५) को अनुपातमा सेयर स्वाप अनुपात सभाले पारित गर्नेछ । प्राप्तिपछि सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको नामबाट कारोबार हुनेछ ।