IME Life New

जनउत्थान सामुदायिक लघुवित्तद्वारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनगढी । जनउत्थान सामुदायिक लघुवित्त संस्था लिमिटेडले धनगढी उपमहानगरपालिका वडा नं. २ धनगढी का कर्मचारी स्व. पदमनिधि पण्डितको परिवारलाइ राहात उपलब्ध गराएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत श्री राम पोखरेल, बरिष्ट अधिकृत बसन्त पचभैया, शाखा कार्यालय रैकवार बिचवाका प्रमुख मुकेश राना, शाखा कार्यालय लालझाडिका प्रमुख बिनोद सिंह भाट, शिखर इन्स्योरेन्स कम्पनि लि. शाखा कार्यालय धनगढी शाखा प्रमुख डिल्ली राज शर्मा लगायत पिडित परिवारको घरमै पुगि प्रमुख कार्यकारी अधिकृत श्रीराम पोखरेलले राहात हस्तान्तरण गरेका हुन् ।

संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुले एक दिन बराबरको जम्मा तलब रकम आर्थिक सहयोग स्वरुप १ लाख २६ हजार पाँच सय ५८ रुपैयाँ र संस्थाले कर्मचारिको सामुहिक दुर्घटना बीमा शिखर इन्स्योरेन्स कम्पनीबाट गरे वाापतको ८ लाख रुपैयाँ गरी कूल ९ लाख२६ हजार ५ सय ५८ मृतक कर्मचारीकि श्रीमती महेन्द्रा कुमारी जोशीकोको बैक खातामा जम्मा गरिएको जनाएको छ ।

Esewa
Crest

राहात हस्तान्तरणको अनौपचारिक कार्यक्रम सञ्चालन शाखा कार्यालय लालझाडिका प्रमुख बिनोद सिंह भाटले गरेका थिए । शाखा कार्यालय लालझाडीमा २०७५/११/२१ गते देखि कार्यरत कर्मचारि स्व. पदमनिधि पण्डित को मिति २०७६ फागुन २ गते ३३ बर्षको कैलाली जिल्लाको गोदावरी नगरपालिकामा मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको थियो ।

हालसम्म संस्थाले ९ जिल्लामा ३९ वटा शाखा कार्यालयहरु विस्तार गरि आर्थिक तथा सामाजिक रुपमा विपन्न रहेका करिब ४२,००० महिला, आदिवासी, जनजाती, द्धन्द पिडित, दलित, हलिया, मुक्त कमैया तथा वित्तीय पहुँचबाट बञ्चित समुह सदस्यहरुलाई उनिहरुकै घरदैलोमा पुगि वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS