काठमाडौैं । मुक्तिनाथ विकास बैंकले मुक्तिनाथ घर पूँजी कर्जा र मुक्तिनाथ सरल व्यावसायिक कर्जा सञ्चालनमा ल्याएको छ । बैंकले घर, घडेरी, जग्गा तथा फ्ल्याट र अपार्टमेन्टमा भएको लगानीमा डेब्ट लेभरेज लिने गरी इक्वीटी फाइनान्सिङ गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानी गर्ने गरी घर कर्जा ल्याएको बताएको छ । कर्जा १५ वर्षका लागि लिन सकिने बैंकले जनाएको छ ।
त्यस्तै, बैंकले विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालू पूँजी स्व–लगानीमा फाइनान्सियल लेभरेज लिने गरी व्यावसायिक कर्जा ल्याएको जनाइएको छ ।