IME Life New

अधिकांश बीमा कम्पनीको शेयर मूल्य घट्यो, सिद्धार्थ इन्स्योरेन्सको मूल्यमा १२ रुपैयाँले गिरावट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सोमबार पुँजि बजार उच्च अंकले बृद्धि हुन खोजे पनि कारोबार बन्द हुने समयमा अघिल्लो दिनको तुलनामा न्यून अंकले मात्रै घटेर कारोबार बन्द भएको छ । केहीले यसलाई बुलिस ट्रेण्डमा जान लागेको भन्दै चर्चा गरेपनि तत्काल त्यस्तो संकेत देखिएको छैन ।

सोमबार जीवन र निर्जिवन दुवै बीमा कम्पनीहरुको शेयर मूल्यमा उच्च गिरावट आयो । सबैभन्दा धेरै गुमाउनेमा प्रिमियर इन्स्योरेन्स दोस्रो स्थानमा पर्यो भने गत आर्थिक वर्षको सञ्चालन मुनाफा दिन नसकेको अर्को कम्पनी सिद्धार्थ इन्स्योरेन्सको पनि शेयर मूल्यमा सामान्य गिरावट आएको छ ।

Esewa
Crest

सोमबार पुँजि बजारमा जीवन बीमा समुहको बजार मूल्य शून्य दशमलव शून्य पाँच प्रतिशतले गिरावट आयो भने निर्जिवन बीमा कम्पनीहरुको बजार मूल्यमा पाँच प्रतिशतभन्दा बढिले गिरावट आएको छ । झण्डै एक महिनादेखि पुँजि बजार बेयरिस ट्रेण्डमा अघि बढ्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बीमा क्षेत्रमा सोमबार सबैभन्दा धेरै गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्जको सूचिमा सबैभन्दा धेरै गुमाउने निर्जिवन बीमा कम्पनीहरुमा प्रिमियर इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स लगायतका कम्पनीहरु रहेका छन् । त्यस्तै जीवन बीमा कम्पनीहरुमा प्राईम लाईफ, सूर्या लाईफ लगायतको मूल्य तल झरेको छ । सबैभन्दा धेरै मूल्यमा गिरावट आएको प्रिमियर इन्स्योरेन्सको मूल्य ५४ रुपैयाँले घटेको छ भने सिद्धार्थ इन्स्योरेन्सको मूल्य १२ रुपैयाँले घटेको छ ।

सोमबार एलआईसी नेपाल र नेपाल लाईफ इन्स्योरेन्सको मूल्य भने बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS