IME Life New

सगरमाथा, नेको र सिद्धार्थ इन्स्योरेन्सबीच दोस्रो बन्न प्रतिस्पर्धा, सिद्धार्थ इन्स्योरेन्सको कारोबार तल झर्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार निर्जिवन कम्पनीहरुमा पहिलो नम्वरमा शिखर इन्स्योरेन्स छ । शिखरपछि दोस्रो कम्पनी कुन बन्ने भन्नेमा तीन वटा बीमा कम्पनीहरुका बीचमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ । दोस्रो नम्वरमा रहेको सगरमाथा इन्स्योरेन्सलाई उछिन्दै नेपालको दोस्रो कम्पनी बन्न सिद्धार्थ इन्स्योरेन्स दौडिरहेको भएपनि दोस्रो त्रैमासमा आउँदा तेस्रोबाट चौथो कम्पनी बन्न पुगेको छ ।

दोस्रो कम्पनीको रुपमा रहेको सगरमाथा इन्स्योरेन्स कम्पनी र नेको इन्स्योरेन्सको वित्तीय विवरण विश्लेषण गर्दा कूल बीमा शुल्कको आधारमा विश्लेषण गर्दा सगरमाथा इन्स्योरेन्स कम्पनी दोस्रो भएको देखिन्छ भने खुद बीमा शुल्कको आधारमा विश्लेषण गर्दा नेको इन्स्योरेन्स कम्पनी दोस्रो हुन पुगेको छ ।

Esewa
Crest

पहिलो त्रैमासमा नेको भन्दा माथि रहेर दोस्रो बन्न दौडेको सिद्धार्थ दोस्रो त्रैमाससम्म आउँदा इन्स्योरेन्सको व्यापार करिब १५ प्रतिशत खुम्चिन पुग्दा तेस्रो कम्पनीबाट चौथोमा झरेको छ ।

चालु आवको दोस्रो वर्षको वित्तीय विवरण अनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीले एक अर्ब २३ करोड ९८ लाख ७० हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले एक अर्ब १५ करोड ७१ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ भने सिद्धार्थ इन्स्योरेन्सको कूल बीमा शुल्क आर्जन एक अर्ब ७ करोड ३५ लाख ३४ हजार रुपैयाँ छ ।

खुद बीमा शुल्कको आधारमा नेको इन्स्योरेन्सको छ । सो कम्पनीले ७० करोड ९९ लाख २२ हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । त्यसैगरी, सगरमाथा इन्स्योरेन्स कम्पनीले ५६ करोड ८३ लाख २६ हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै सिद्धार्थ इन्स्योरेन्सले ४८ करोड छ लाख ६६ हजार रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS