IME Life New

छ महिनामा १५ अर्ब निर्जिवन बीमा शुल्क आर्जन, कुनको कति (तथ्याङकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीमध्ये १८ कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा झण्डै १५ अर्ब कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीलेहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार १८ कम्पनीले १३ अर्ब ५० करोड ८८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका हुन् । बाँकी दुई वटा विदेशी बीमा कम्पनीका नेपालस्थित शाखा कार्यालयले भने वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

संचालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये नेशनल इन्स्योरेन्स कम्पनी र ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण नै प्रकाशन गरेका छैनन् । उल्लेखित दुई कम्पनीले आर्जन गरेको बीमा शुल्क समेत जोड्दा १५ अर्बभन्दा माथि पुग्नेछ ।

Esewa
Crest

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १३ अर्ब ५० करोड ८८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीहरुले ११ अर्ब ५६ करोड ९८ लाख १७ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीहरुको कूल बीमा शुल्क आर्जन रकम १७ प्रतिशतले बढी हो ।

कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण अनुसार सबैभन्दा धेरै कुल बीमा शुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेकोे छ । कम्पनीले दोस्रो त्रैमाससम्ममा १ अर्ब ७६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कूल बीमा शुल्क आर्जन करिब ५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ६७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।

अर्ब माथि कूल बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीहरुल प्रकाशन गरेको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्स कम्पनीले १ अर्ब ७६ करोड, सगरमाथा इन्स्योरेन्स कम्पनीले १ अर्ब २३ करोड, नेको इनस्योरेन्स कम्पनीले १ अर्ब १५ करोड र सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ७ करोड रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

गत आर्थिक वर्षका सोही अवधिको तुलनामा शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ५ प्रतिशतले बढी हो । सगरमाथा इन्स्योरेन्सको १५ प्रतिशत, नेको इन्स्योरेन्सको १८ प्रतिशत र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको १७ प्रतिशतले कुल बीमा शुल्क आर्जन बढी हो ।

९० करोडमाथि कूल बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
९० करोडमाथि कूल बीमा शुल्क आर्जन गर्ने कम्पनीहरुमा एनएलजी इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनी रहेका छन् । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको भन्दा २४ प्रतिशतले बृद्धि गरी ९८ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै, एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कूल बीमा शुल्क आर्जन १० प्रतिशतले बृद्धि गर्दै ९२ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यसैगरी प्रभु इन्स्योरेन्सले ८३ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
६० करोडमाथि कूल बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बीमा कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण अनुसार पाँच वटा निर्जीवन बीमा कम्पनीहरुले ६० करोडमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ६९ करोड ६६ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ६७ करोड ५४ लाख, नेपाल इन्स्योरेन्स कम्पनीले ६२ करोड १ लाख, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ६१ करोड रुपैयाँ र राष्ट्रिय बीमा कम्पनीले ६० करोड ८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ५९ करोड ९८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एभरेष्ट इनस्योरेन्स कम्पनीले ४८ करोड ६२ करोड, अजोड इन्स्योरेन्सले ४० करोड ६५ लाख, यूनाइटेड इन्सयोरेन्सले ३५ करोड ६८ लाख, जनरल इन्स्योरेन्सले २९ करोड र सानिमा जनरल इन्स्योरेन्स कम्पनीले १७ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS