Connect IPS
IME Life

चैत्र १५ पछि ३० करोडको आईपिओ जारी गर्ने तयारीमा अजोड इन्स्योरेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आगामी चैत्र १५ पछि अर्थात करिब डेढ महिनापछि निर्जिवन बीमा कम्पनी अजोड इन्स्योरेन्सको ३० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ । अजोड इन्स्योरेन्स कम्पनीले आईपिओ निष्काशनको लागि गत माघ २० गते नै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बोर्डले थप कागजात मगाएर अध्ययन गर्ने काम भइरहेको जनाएको छ ।

Prabhu
Crest

कम्पनीले ३० करोड बराबर ३० लाख कित्ता आईपिओको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गर्दै आवेदन दिएको छ । सो आईपिओलाई केयर रेटिङले ग्रेड ४ रेटिङ दिइसकेको छ । एनआईबिएल एस क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको अजोड इन्स्योरेन्सका सिईओ कमार बहादुर खत्रीले आईपिओको लागि धितोपत्र बोर्डमा आवदेन दिइएको र अनुमति पाउने वित्तिकै निष्काशन गर्न तयार रहेको बताए ।

सामान्यता बोर्डले एक देखि दुई महिनामा आईपिओको आवेदन स्वीकृत गर्ने गर्दछ । कागजात नपुगेको अवस्थामा भने थप समय पनि लिन सक्नेछ । बोर्डले थप कागजात नमागेको अहिलेको अवस्था हेर्दा आगामी चैत्र १५ पछि अजोड इन्स्योरेन्सले आईपिओका लागि प्रस्ताव आह्वान गर्न सक्ने देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS