IME Life New

स्पर्स लघुवित्तद्धारा मासिक समिक्षा तथा व्यवस्थापन तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

पोखरा । स्पर्स लघुवित्त वित्तीय संस्थाले आ.व २०७६/२०७७ माघ मसान्त सम्मको समिक्षा तथा धितो कर्जा तालिम सम्पन्न गरेको छ । पोखरामा फागुन ३ गते सम्पन्न भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले उद्धघाटन गरेका थिए ।

कार्यक्रममा शाखा प्रवन्धकहरुले यस आ.व को माघ मसान्त सम्मको कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौति, भावि रणनीतिहरु तथा शाखाको योजना प्रस्तुत गर्दै शाखाको लक्ष्य अनुसारको प्रगती हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

Esewa
Crest

कार्यक्रमको समापन क्रममा वित्तीय संस्थाका सहायक प्रबन्धक सुदिप आचार्यले वित्तीय संस्थाले भोगेको समस्या तथा लघुवित्तका अवसरहरुको बारेमा जानकारी गराएका थिए । त्यस्तै, उनले आँउदो त्रैमासको लक्ष्य प्राप्तीका रणनीति सँगै सफलताको शुभकामना दिएका थिए । धितोकर्जा व्यवस्थापन तालिममा श्रवणकुमार सपोर्ट प्रा.लि का प्रशिक्षकहरुले सहजिकरण गर्नुका साथै जनशक्ति व्यवस्थापन विभाग प्रमुख विनोद पराजुलीले सञ्चालन गरेका थिए ।

कार्यक्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा विभागीय प्रमुखहरु सहित ३० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS