IME Life New

निर्जीवन बीमाको लिडर शिखर इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन १ अर्ब ७६ करोड माथी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्जीवन बीमाको लिडर कम्पनी शिखर इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म १ अर्ब ७६ करोड कुल बीमा शुल्क आर्जन गरेको छ।  गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले १ अर्ब ६७ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो। त्यस्तै कम्पनीले ९० करोड ५६ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले २३ करोड २३ लाख खुद मुनाफा गरेको छ।  गत आर्थिक वर्षको दोश्रो त्रैमास सम्म कम्पनीले २१ अर्ब २० करोड खुद मुनाफा गरेको थियो।  वार्षिक प्रति शेयर आम्दानी ४३ रुपैया ९५ पैसा छ भने किताबी मूल्य २७२ रुपैया १४ पैसा छ।

Esewa
Crest

१ अर्ब ५ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ५७ करोड ३२ लाख रकम रहेको छ भने बीमा कोषमा १ अर्ब १७ करोड रकम छ।  त्यस्तै महाविपत्ति जगेडामा ७ करोड ३३ लाख रकम छ।

कम्पनीले यस अवधिमा ८२ करोड ६९ लाख कुल दावी भुक्तानी गरेकोमा ४६ करोड ९४ लाख खुद दावी भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS