IME Life New

वाणिज्य बैंक मध्ये लाभांश दिनमा एनएमबी पहिलो, अन्य बैंकले कति दिए लाभांश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमान्डौ : लाभांशको मामलामा अन्य क्षेत्र भन्दा वाणिज्य बैंकहरु सटिक देखिएका छन्। आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट सम्पूर्ण वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन्।  धेरै बैंकको साधारण सभा सम्पन्न भएर लगानीकर्ताले लाभांश प्राप्त गरिसकेका छन् भने केही थोरै बैंकको मात्र साधारण सभा हुन् बाँकी छ। २८ वाणिज्य बैंकले आर्थिक वर्ष ७५/७६ को लाभांश घोषणा गरेकोमा सेन्चुरी कमर्सियल बैंकले सबै भन्दा ढिलो लाभांश प्रस्ताव गरेको छ। सेन्चुरी बैंकको मात्र बुक क्लोज मिति घोषणा हुन् बाँकी रहेको छ। अन्य सबै बैंकको बुक क्लोज भैसकेको छ।

२८ वाणिज्य बैंकले प्रस्ताव गरेको लाभांश मध्ये एनएमबी बैंकले सर्वाधिक लाभांश दिएको छ। बैंकले २१ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश गरी ३५ प्रतिशत लाभांश दिएको छ। त्यस्तै दोश्रोमा नबिल बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश गरी ३४ प्रतिशत लाभांश दिएको छ।

Esewa
Crest

सबै भन्दा थोरै लाभांश घोषणा गर्नेमा सिभिल बैंक रहेको छ।  बैंकले ६ दशमलव ५७ प्रतिशत नगद लाभांश मात्र दिएको छ।

सर्वाधिक बोनस शेयर एनएमबी बैंकले २१ प्रतिशत दिएको छ भने कृषि विकास बैंकले सर्वाधिक २४ प्रतिशत नगद लाभांस दिएको छ।

आर्थिक वर्ष ७५/७६ मा ४ कम्पनीले बोनस शेयर दिएनन।  बोनस शेयर नदिने वाणिज्य बैंकमा स्टयान्डर्ड चार्टड बैंक, रास्ट्रिय वाणिज्य बैंक, मेगा बैंक र सिभिल बैंक रहेका छन्।

३० प्रतिशत भन्दा माथि लाभांश दिने तीन बैंक परेका छन्।  एनएमबी बैंक, नबिल बैंक र कृषि विकास बैंकले ३० प्रतिशत भन्दा माथि लाभांश दिएका छन्।

११ वाणिज्य बैंकले २० प्रतिशत भद्ना माथि लाभांश घोषणा गर्दा दुई बैंकले मात्र १० प्रतिशत भन्दा मुनी लाभांश दिए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS