Connect IPS
IME Life

गरिमा विकास बैंकको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष ०७६/७७ दोस्रो त्रैमाससम्ममा गरिमा विकास बैंकले ३२ करोड ५५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा १० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पुससम्ममा बैंकले २९ करोड ५८ लाख रुपैयाँ नाफा गरेको थियो ।

३ अर्ब २३ करोड ८६ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ६२ करोड ७४ लाख संचिती रहेको छ । ६ महिनाको अवधिमा बैंकको वितरण योग्य नाफा २१ करोड ४७ लाख रुपैयाँ छ ।

Prabhu
Crest

चालु आवको पुससम्ममा बैंकमा ३३ अर्ब ७३ करोड रुपैयाँ ग्राहकको निक्षेप रहेको छ भने ३३ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ । सो अवधीमा बैंकको खुद ब्याज आम्दानी ८० करोड ६२ लाख रुपैयाँ कमाएको छ ।

बैंकको प्रतिशेयर आम्दानी ६७ पैसाले घटेर २०.०७ रुपैयाँ कायम भएको छ । बैंकको खराव कर्जा ०.३९ प्रतिशत छ । बैंकको मूल्य आम्दानी अनुपात ११.२६ गुणा, प्रति शेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS