IME Life New

एशियन लाईफ इन्स्योरेन्सका जीवन बीमा सुबिधाहरु एनआईसी एशिया बैंकबाटै पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जीवन बीमा कम्पनी ‘एशियन लाईफ इन्स्योरेन्स’का बीमा सुबिधाहरु एनआईसी एशिया बैंकबाटै पाइने भएको छ । आइतबार दुई संस्थाबीच भएको बैंकास्योरेन्स सम्झौता पश्चात बैंकका ग्राहक तथा जीवन बीमा सुबिधा लिन चाहने सर्बसाधारणले उक्त सेवा पाउने भएका हुन् । जीवन बीमालाई सजिलै ग्राहकको पहुँचसम्म पुर्याउने उद्धेश्यले दुई कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको हो ।

ग्राहकहरुले बैंकको जुनसुकै शाखाहरुबाट एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न, सेवा सुबिधा बारे जानकारी लिन, प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।

Esewa
Crest

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका कायम-मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS