कञ्चनपुर । मेरो माईक्रोफाइनान्स लघुबित वित्तीय संस्थाको शाखा कार्यालय कञ्चनपुर सुडाले दुई दिने सीपमूलक च्याउ खेति तालिम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा सभापतिको रुपमा मेरो माइक्रोफाइनान्स शाखा कार्यालय सुडाका शाखा प्रमुख जनक ओझा प्रमुख अथिति बन्कोट न पा ७ का वडा अध्यक्ष बिर बहादुर डगौरा र अथितिको रुपमा अनुगमन कार्यालय कृष्णापुरका अनुगमन अधिकृत सुशिल कुमार चौधरी रहेका थिए ।
कार्यक्रमको संचालन शाखाका कर्मचारी गोपाल सार्किले गरेका थिए भने स्वागत मन्तव्य शाखाका कर्मचारी मक्र राज कुवरले गरेका थिए ।
उक्त तालिममा ४० जना ग्राहकहरुको सहभागिता रहेको संस्थाले जनाएको छ । आगामी दिनहरुमा पनि संस्थाले यस्तै कार्यक्रमहरुको आयोजना गर्ने समेत जनाएको छ ।