IME Life New

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३० करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको यसै अवधिको तुलनामा बैंकको खुद नाफा ५१.१२ प्रतिशतले बढी हो ।

दुई अर्ब ६२ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको शेयरधनी कोषमा ८७ करोड ३५ लाख रुपैयाँ तथा जगेडा कोषमा ५३ करोड ५२ लाख रुपैयाँ सञ्चित छ ।

Esewa
Crest

समीक्षा अवधिसम्ममा २६ अर्ब ७७ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले २३ अर्ब ९८ करोड ८२ लाख रुपैयाँ कर्जा परिचालन गरेको देखिन्छ । गत आवको तुलनामा बैंकको निक्षेप संकलन ४२ प्रतिशत र कर्जा परिचालन ५०.३१ प्रतिशतले बढी हो ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६८ करोड ६६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेके छ। यो गत आवको सोही अवधिको तुलनामा २७ करोड ६६ लाख रुपैयाले धेरै हो। गत वर्ष बैंकले ४० करोड ९९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै। बैंकको सञ्चालन मुनाफा ४२ करोड ७० लाख रुपैयाँ रहेको छ। यो गत आवको तुलनामा १४ करोड ४५ लाख रुपैयाँले वृद्धि भएको हो ।

बैंकको प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११.१६ गुणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS