Connect IPS
IME Life

मुक्तिनाथ विकास बैंकको यस्तो देखियो दोस्रो त्रैमास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वषृको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । बैंकले यस अवधिसम्म आइपुग्दा अधिकांश सूचकमा सुधार गरेको छ ।

यस अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा बैंकले ४२ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

४ अर्ब ३२ करोड ४९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७९ करोड ९८ लाख रुपैयाँ संचिती गरेको छ । बैंकको वितरण योग्य मुनाफा ३४ करोड ३० लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रति शेयर आम्दानी २२ रुपैयाँ १३ पैसा कायम भएको छ । बैंकको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४७ पैसा कायम भएको छ । मूल्य आम्दानी अनुपात १३.९२ गुणा रहेको छ ।

यस अवधिसम्ममा ४८ अर्ब २३ करोड ८७ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४५ अर्ब २० करोड ३२ लाख रुपैयाँ कर्जा लगानी गरेको गरेको छ ।

त्यस्तै, यसै अवधिसम्म बैंकले १ अर्ब ९ करोड ८७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १७ करोड ९६ लाख रुपैयाँ बढी हो । समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५ करोड ३८ लाख रुपैयाँ बढेर ६७ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS