IME Life New

३९ औं वैवाहिक बार्षिकोत्सवमा ५० लाखको बीमा पोलिसी उपहार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाको महत्व बुढेसकालमा झनै बढ्ने गर्दछ । बिस्तारै मानिसले बीमाको महत्व बुझ्दै जाँदा बीमा गराउने क्रम पनि बढ्दै गएको छ । विवाहको बार्षिकोत्सव तथा जन्मोत्सवमा समेत लाखौं रुपैयाँका बीमा पोलिसी आफन्तलाई दिने क्रम पनि बढेको छ । यसैक्रममा जीवनको आधा बसन्त पार गरिसकेका एक व्यक्तिले ३९ औं वैवाहिक बार्षिकोत्सवमा ५० लाखमा जीवन बीमा पोलिसी आफ्ना जीवनसँगीलाई उपहार दिएका छन् ।काठमाडौंको पुरानोबानेश्वर, भिमसेनगोला निवासी यादव प्रसाद खकुरेलले विवाह भएको ३९ औं वर्षिकोत्सव आफ्नी ५८ बर्षिय जीवनसँगी अनुराधा सिलवाललाई माघ १६ गते ५० लाखको बीमा पोलिसी हस्तान्तरण गरेका हुन् । उक्त दम्पत्तिको विवाह २०३७ सालमा विवाह भएको थियो ।

घरभाडाबाट आम्दानी गर्ने खकुरेलले जन्मदिनको अवसरमा पहिलो बीमा शुल्क पाँच लाख ८९ हजार रुपैयाँ बीमा शुल्क तिरेर युनियन लाईफको एनुएल मनीब्याक बीमा पोलिसी खरिद गरी वैवाहिक वार्षिकोत्सव मनाएका हुन् । युनियन लाईफमा १२ वर्षे अवधीको बीमा सिनियर एजेन्सी म्यानेजर अम्बिका गौतमले गराएकी हुन् । समाजसेवामा सक्रिय खकुरेलको काठमाडौंमै रहेको घरको भाडा लगायतको आम्दानी बचत तथा जोखिम दुवैको लागि बीमा गर्न परामर्श दिई बीमा गराएको बताईन् ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS