IME Life New

विदेशी बीमा कम्पनीलाई शाखाको रुपमा मात्रै अनुमती दिन नहुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रिना खत्री 

विदेशी बीमा कम्पनीलाई नेपालमा शाखाको रुपमा मात्रै सञ्चालन अनुमति दिन नहुने बीमा अभिकर्ताहरुले बताएका छन् । विदेशी कम्पनीले नेपालमा शाखा मात्रै सञ्चालन गर्दा आवश्यक कर्मचारी र परामर्शता विदेशी नै राख्ने भएकाले मुलुकलाई कुनै फाईदा नहुने उनीहरुले बताएका छन् ।

त्यस्तै, यसरी सञ्चालन भएका शाखा कम्पनीहरुले सेयर जारी नगर्ने भएकाले मुनाफा पनि नेपालीले नपाउने र कम्पनीले वीमितलाई विरतण गर्ने बोनश पनि कम हुने भएकोले विदेशी कम्पनीलाई नेपालमा शाखाका रुपमा मात्रै सञ्चालन गर्न दिन नहुने माग गरेका छन् ।

संसदमा दर्ता भएको नयाँ बीमा विद्येयकको दफा ४५ मा विदेशी बीमा कम्पनीको शाखा कार्यलयको रुपमा दर्ता भएको वीमकले सेयर निष्काशन तथा विक्री गर्न पाउँने छैन भन्ने व्यवस्था गरिएको छ । तर, अभिकर्ताहरुले विदेशी कम्पनीमा नेपालमा शाखाको रुपमा सञ्चालन हुदाँ नेपालीले रोजगारीको अवसर नपाउँने, मुनाफा पनि नपाउँने तथा त्यस्ता कम्पनीको बोनश सेयर पनि कम हुने हुँदा विमितहरुले लाभ उठाउन नसक्ने उनीहरुको तर्क रहेको छ । त्यसैले उक्त बुदाँलाई संशोधन गर्न अभिकर्ताले माग गरेका छन् ।

Esewa
Crest

संस्थापकले १० बर्षसम्म सेयर विक्री गर्न नपाउँने
कुनै पनि वीमकको संस्थापकले बीमा कम्पनी स्थापना गरेको १० बर्षसम्म संस्थापक सेयर विक्री गर्न नपाउँने व्यवस्था गर्नुपर्ने माग गरेका छन् । नयाँ विद्येकमा कम्पनी स्थापना भएको ५ बर्षसम्म सेयर विक्री गर्न वा बन्धक राख्न वा कुनै प्रकारले हक हस्तान्तरण गर्न नपाउँने व्यवस्था गरेको छ ।
बीमीत प्रति संस्थापकको दायित्व लामो समयसम्म रहने भएकोले छोटो समयमा नै संस्थापकले सेयर विक्री गरी पन्छिन नहुने अभिकर्ताहरुले बताएका छन् ।

बीमांकीय मूल्यांकन बर्षेनी गर्नुपर्ने
बीमा कम्पनीहरुले बर्षेनी बीमांकीय मूल्यांकन गर्नुपर्ने माग राखेका छन् । नयाँ विद्येयकको दफा ७२ मा बीमा कम्पनीले समितिको स्वीकृतिमा बीमांकीय मूल्यांकन गराउँन सकिने व्यवस्था गरेको छ । तर, अभिकर्ताहरुले विद्येयकमा नै प्रत्येक बर्ष भनेर अवधि खुलाउँनु पर्ने माग गरेका छन् । कम्पनीहरुले लामो समयसम्म वित्तिय विवरण मूल्यांकन गरी लगानीकर्तालाई भ्रममा पार्ने भएकाले बर्षेनी बीमांकीय मूल्यांकन गराउँनुपर्ने अभिकर्ताहरुले माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS