IME Life New

भुइँबाट टिपेको चाउचाउका टुक्रालाई भुजिया भन्दै बेचेको भारतमा वाइवाइको बिक्रीमा रोक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चाउचाउ उत्पादक सीजी फुड्सले भारत राजस्थानस्थित एक कारखानाबाट उत्पादित चाउचाउ भुजियाको उत्पादन प्रकृयामा गम्भीर लापरवाही भेटिएपछि नियामकले बिक्रीमा प्रतिबन्ध लगाएको छ।

वाइवाइ ब्राण्डको चाउचाउ उत्पादन गर्ने सीजी फुड्स इन्डियाको राजस्थानस्थित कारखानाबाट उत्पादित ‘वाइवाइ मामा’ र ‘मामा पुण्टे’ ब्राण्डको भुजिया अनुमति बिना नै उत्पादन गरिएको भन्दै थप नियामकीय कारवाहीको चेतावनी समेत दिएको छ।

Esewa
Crest

कारखानाको अनुगमनका क्रममा कारखानाको भुइँमा खसेका र फुटेका चाउचाउका टुक्राहरूलाई पुनः प्रयोग गरी चाउचाउ तथा भुजिया बनाउन प्रयोग गरिएको पाइएको थियो। भुइँबाट टिपिएका चाउचाउको टुक्रालाई आवश्यक तापक्रम वा प्रशोधन प्रविधि बिना नै पुनः प्याकिङ गरेर भुजिया बनाउन प्रयोग गरिएको भेटिएको एफएसएसआइको प्रेस विज्ञप्तीमा उल्लेख छ।

नियामक निकायले कारखानामा छापा मारेर ३२ हजार किलो भन्दा बढी कच्चा तथा तयारी सामग्री जफत गरेको छ। साथै, म्याद सकिएका १,९२५ बाकस तयारी सामान पनि भेटिएका छन्। वाइवाइ मामा र मामा पुन्टे भुजिया ब्रान्ड बिना अनुमति उत्पादन गरिएको र म्याद नाघेका र अघिल्लो मिति राखिएका प्याकेजिङ प्रयोग गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ।

खाद्य सुरक्षा ऐन उल्लङ्घन गरेको अभियोगमा उद्योग सञ्चालकविरुद्ध कानूनी प्रक्रिया अगाडि बढाइएको छ। प्रयोगशाला परीक्षणका लागि विभिन्न नमुनाहरू सङ्कलन गरिएको छ। पछिल्ला हप्ताहरूमा डोमिनोज, पिजा हट, पेप्सीको र नेशले जस्ता ठूला बहुराष्ट्रिय कम्पनी तथा रेस्टुरेन्टहरूमाथि पनि अस्वस्थकर वातावरण र गलत लेबलिङका कारण भारत सरकारले कडा कारबाही चलाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS