IME Life New

निर्जीवन बीमकले साउनमा कुन क्षेत्रबाट कति भित्र्याए व्यापार ? (बजार हिस्सासहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमकले चालु आर्थिक वर्ष २०८३।८४ को पहिलो महिना साउनमा ५ अर्ब ४० करोड रुपैयाँ बढीको व्यापार भित्र्याएका छन्।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनमा निर्जीवन बीमकहरुले ५ अर्ब ४० करोड १५ लाख रुपैयाँको कुल बीमाशुल्क संकलन गरेका छन्। त्यसमध्ये १४ वटा निर्जीवन बीमक र ४ वटा लघु निर्जीवन बीमकले सम्पत्ति बीमातर्फ सर्वाधिक १ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा सम्पत्ति बीमाको हिस्सा ३०.७६ प्रतिशत रहेको छ।

Esewa
Crest

कम्पनीहरुको दोस्रो धेरै व्यापार मोटर बीमातर्फ देखिएको छ। समीक्षा अवधिमा कम्पनीहरुले मोटर बीमातर्फ १ अर्ब २२ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा मोटर बीमाको योगदान २२.६४ प्रतिशत रहेको देखिन्छ।

यसैगरी तेस्रो धेरै व्यापार कम्पनीहरुले इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामार्फत भित्र्याएका छन्। समीक्षा अवधिमा यो क्षेत्रबाट कम्पनीहरुले ७५ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। कुल व्यापारमा इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमाको हिस्सा १४.०५ प्रतिशत रहेको छ।

चालु वर्षको साउनमा कम्पनीहरुले विविध बीमातर्फ ५९ करोड ६९ लाख रुपैयाँ (१०.२५ प्रतिशत), सामुद्रिक बीमातर्फ ४२ करोड ९१ लाख रुपैयाँ (७.९४ प्रतिशत), स्वास्थ्य बीमातर्फ ३२ करोड ३२ लाख रुपैयाँ (५.९८ प्रतिशत), कृषि तथा बाली बीमातर्फ १९ करोड २२ लाख रुपैयाँ (३.५६ प्रतिशत), हवाई बीमातर्फ १३ करोड ४४ लाख रुपैयाँ (२.४९ प्रतिशत), लघु बीमातर्फ ७ करोड ३२ लाख रुपैयाँ (१.३६ प्रतिशत) र दायित्व बीमातर्फ १ करोड २९ लाख रुपैयाँ (०.२४ प्रतिशत) कुल बीमाशुल्क संकलन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS