IME Life New

जीवन बीमा अभिकर्ताको परीक्षामा नक्कली परीक्षार्थीको बिगबिगी, ४७ जनामाथि कारबाही

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय जीवन बीमा अभिकर्ताको परीक्षामा नक्कली परीक्षार्थी उपस्थिति बाक्लिन थालेको छ। यस्तो अमर्यादित गतिविधिले अभिकर्ताको साखमाथि नै प्रश्न उठ्न थालेको छ।

नेपाल बीमा प्राधिकरणले पछिल्लोपटक जीवन बीमा अभिकर्ताको परीक्षामा अनियमितता गर्ने ४७ जना परीक्षार्थीमाथि कारबाही गरेको छ। ती व्यक्तिलाई ३ महिनासम्म बीमा अभिकर्ताको परीक्षामा सामेल हुन नपाउने गरी रोक लगाइएको प्राधिकरणले जनाएको छ।

Esewa
Crest

प्राधिकरणका अनुसार आईआरएमआईएस प्रणालीमा प्रविष्ट गरिएको फोटोमा भएको व्यक्तिभन्दा फरक व्यक्ति परीक्षामा सहभागी भएकोले ती व्यक्तिहरुमाथि कारबाही गरिएको हो।

कारबाहीमा पर्नेमा नेपाल लाइफ इन्स्योरेन्सबाट सहभागी ११ जना, सन नेपाल लाइफ इन्स्योरेन्सबाट सहभागी ६ जना, सूर्यज्योति लाइफ इन्स्योरेन्सबाट सहभागी ६ जना, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबाट सहभागी ३ जना, एसियन लाइफ इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र मेट लाइफ इन्स्योरेन्सबाट सहभागी २–२ जना, सिटिजन लाइफ इन्स्योरेन्सबाट सहभागी ४ जना, हिमालयन लाइफ इन्स्योरेन्सबाट सहभागी ३ जना, आइएमई लाइफ इन्स्योरेन्सबाट सहभागी ४ जना तथा क्रेस्ट माइक्रो लाइफ, नेसनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट सहभागी १–१ जना छन्।

को-को कारबाहीमा परे ?

नेपाल लाइफ
खम्सुम लामा, मुना रेग्मी, चिरञ्जन यादव, मुकेश आग्री, विष्णकुमार उपाध्याय, शुष्मा छत्याल, मानबहादुर चौधरी, सुमी यादव, दुर्गाप्रसाद काफ्ले र धिरज निरौला।

सन नेपाल लाइफ
सन्ध्या परियार, दीपकराज चौधरी, देवका गोतामे भट्ट, डम्बरी बोहरा, सन्दीप दवाडी र सुनिता थापा।

सूर्यज्योति लाइफ
निरा बस्नेत केसी, पार्वती केसी, सब्नम इवारम थेबे, लादिकी शेर्पा, शुभेच्छा श्रेष्ठ र अजिताकुमारी यादव।

रिलायबल नेपाल लाइफ
सन्ध्या सापकोटा, लोकेन्द्र पुन र गोमा सुवेदी।

एसियन लाइफ
प्रतिभा पोख्रेल र प्रमोदकुमार साह।

प्रभु महालक्ष्मी लाइफ
सुस्मिता सिग्देल र सनम राजवंशी।

मेट लाइफ
जेसिका गुरुङ र निर्मला क्षत्री गोदार।

सिटिजन लाइफ
करुणा वली, तिलकबहादुर गिरी, दीपक बिष्ट र रमेश कार्की।

हिमालयन लाइफ
सुनिलकुमार साह, नामसाङ आङदेम्बे र भुवन चन्द वालान।

आइएमई लाइफ
सुरज बिल्टाउ, लक्ष्मी तिमल्सेना, रवि थापामगर र प्रकाश दर्लामी।

क्रेस्ट माइक्रो लाइफ
नन्दन बडाल।

नेसनल लाइफ
रोजिना राई।

लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)
जितेन्द्रप्रसाद तिवारी।

सानिमा रिलायन्स लाइफ
पदमाकुमारी विक।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS