IME Life New

रसुवा बाढीः पौने २६ अर्ब बढीको बीमा दाबी, कुन कम्पनीमा कति ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विनाशकारी रसुवा बाढीमा पौने २६ अर्ब रुपैयाँ बढीको बीमा दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार भोटेकोशी र त्रिशूल नदीमा आएको बाढीले २५ अर्ब ८७ करोड ३५ लाख रुपैयाँबराबरको बीमाकृत सम्पत्तिको क्षति भएको हो। यसमा कुल ५८३ दाबी परेको छ।

Esewa
Crest

सबैभन्दा धेरै दाबी ओरिएन्ट इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ८ वटा बीमा दाबीमा १३ अर्ब ३ करोड २१ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

यसैगरी दोस्रो धेरै दाबी युनाइटेड अजोड इन्स्योरेन्समा परेको छ। यो कम्पनीमा ३८ वटा दाबीको ४ अर्ब ९७ करोड ४८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

तेस्रोमा सानिमा जीआईसी इन्स्योरेन्समा धेरै दाबी परेको छ। यो कम्पनीमा १०२ वटा दाबीको २ अर्ब १० करोड २८ लाख रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ।

कुनमा कति दाबी ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS