गुल्मी । पछिल्लो समय विभिन्न जन्मोत्सव , बिबाह , वर्षगाठ आदिको अवसरमा होटेल तथा रेस्टुरेन्टहरुमा गई लाखौं खर्च गरि विभिन्न उत्सवहरु मनाउने प्रचलन बढ्दै गएको छ । तर गुल्मीका एक दम्पतीले भने आफ्नो आठौं वैवाहिक वर्षगाँठ फरक तरिकाले मनाएका छन्
रेसुङ्गा ( ९ तम्घास निबासी मधु आचार्यले आफ्नो आठौं वैवाहिक वर्षगाँठको अवसरमा आफ्नी श्रीमती सरस्वती पोख्रेल आचार्यलाई ४० लाखको सिटिजन वार्षिक अग्रिम बीमा पोलिसी उपहार दिई मनाएका हुन् ।
आचार्यले सिटिजन लाइफ इन्स्योरेन्स , क्षेत्रीय कार्यलय बुटवलबाट उक्त पोलिसी खरिद गरेका हुन ।
कार्यक्रममा कम्पनीका सि.बि.ओ.सुनिल पोखरेल , ए.बि.एम.दुर्गाराज ढकाल ,बि.एम.नरेश सिग्देल ,वि.डि.सि. पुर्णचन्द्र सुवेदी लगायतले कार्यक्रममा उपस्थित भइ सफल दाम्पत्य जीवनको शुभकामना समेत दिए ।