IME Life New

जनउत्थान सामुदायिक लघुवित्त डिजिटल बैंकिङ प्रणालीमा आवद्ध, गर्भनरले गरे उद्घाटन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले ट्याब्लेट बैंकिङ्ग प्रणालीको औपचारिक शुभारम्भ गरेको छ । वित्तीय संस्थाका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षता तथा नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवि नेपालको प्रमुख आतिथ्यतामा उक्त ट्याब्लेट बैंकिङ्गको उद्घाटन गरेको हो ।

शाखा कार्यालय पड्सरीमा आवद्ध बैंकिङ्ग समुदाय सदस्य कविता थारु चौधरी लाई उनको खाताको स्टेटमेन्ट ट्याब्लेट मार्फत प्रिन्ट गरी नीजलाई हस्तान्तरण गरी नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले ट्याब्लेट बैंकिङ्ग लन्चिङ सेयरमनीको उद्घाटन गरेका हुन् ।

Esewa
Crest

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले संस्थामा आवद्ध समुह सदस्यहरुलाई लक्षित गरी संस्थाबाट उपलब्ध हुने कर्जा सुविधाको उपभोग गर्दा आफ्नो आवश्यकता र क्षमता अनुसारको कर्जा उपभोग गर्न सकेमा यसैबाट लखपति, करोडपति पनि बन्न सकिने, आफ्नो जीवन सरल र सहज बनाउन सकिने ।

ऋण लिदाँ बुझेर मात्र लिने र त्यसको सही सदुपयोग गर्नु पर्ने अन्यथा संस्थाले कुनै पनि बेला नछोड्ने कुरा बताउनु भयो । संस्थाले आफ्नो संस्थाका गतिविधिहरु सञ्चालनको लागि नयाँ प्रविधिको सुरुवात गर्न गईरहेकोमा यसको सफलताको शुभकामना समेत दिए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक, लघुवित्त प्रवद्र्धन तथा सुपरिवेक्षण विभागका प्रमुख डा. प्रकाश कुमार श्रेष्ठले प्रविधिको उचित प्रयोग गरी यस मार्फत अधिक लाभ प्राप्त गर्नतर्फ संस्था लाग्नु पर्नेमा विशेष जोड दिए ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त यस जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका ११ वटा तराईका जिल्ला र थप ८ वटा पहाडी जिल्ला गरी जम्मा १९ जिल्लामा ३९ वटा शाखा कार्यालय मार्फत वित्तीय सेवाको पँहुच बाट बञ्चित करिब ४२,००० गरीव तथा विपन्न घरपरिवारलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS