IME Life New

नेपाल लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

घोराही । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी दाङ शाखाले स्वर्गीय ऋषिराम रिजालको परिवारलाई बीमा दावी भुक्तानी गरेको छ । घोराही उपमहानगरपालिका १५ का रिजालले ६ वर्ष अघि जीवन समृद्धि बीमा योजना अन्तर्गत ५० लाखको बीमा गराएका थिए ।

रिजालको क्यान्सर रोगका कारण ४२ वर्षको उमेरमा निधन भएको थियो । सोही अनुरुप कम्पनीले बीमा बापतको ५० लाख बिमाङ्क, १८ लाख ६० हजार बोनस, अग्रीम भुक्तानी बापतको चार वर्षको रकम १५ लाख गरी ८३ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको शाखा प्रमुख वसन्त अधिकारीले जानकारी दिए ।

Esewa
Crest

बीमा दावी बापतको रकम घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी र शाखा प्रमुख अधिकारीले संयुक्त रुपमा स्वर्गीय रिजालको पत्नी इन्दिरा रिजाललाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कम्पनीका घोराही शाखा प्रमुख वसन्त अधिकारीले बिमितहरुले आफ्ना कागजातहरु सुरक्षित राखी बिमा दावी गर्दा बुझाएमा भुक्तानी गर्दा कुनै पनि झन्झट नहुने भन्दै आफूहरुले जतिसक्यो चाँडो बीमा भुक्तानी दिने गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS