काठमाडौं । तीर्न कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । हिमालयन बैक र डिप्रोक्स लघुवित्त वित्तीय संस्था र नागवेली लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश सुरक्षित गर्ने माघ १२ गते (आइतवार)अन्तिम दिन रहेको छ ।
यी तीन वटै कम्पनीले साधारण सभाका लागि माघ १३ गतेदेखि बुक क्लोज गर्न लागेकाले माघ १२ गतेभित्र शेयर कायम तथा सुरक्षित गर्नुपर्ने भएको हो ।
हिमालयन बैंकले माघको अन्तिम दिन २९ गते २७ औं वार्षिक साधारण सभा डाकेको छ । हिमालयनले १० प्रतिशत बोनस शेयर र १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
त्यस्तै माघ २६ गते १८ औं वार्षिक साधारण सभा बोलाएको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
त्यसैगरी नागवेली लघुवित्त वित्तीय संस्थाको माघ २६ गते साधारण सभा आव्हान गरेको छ । सभामा संस्थाले २६ प्रतिशत बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि समेत गरी १ दशमलव ३६८ प्रतिशत नगलद लाभांश दिने प्रस्ताव पारित गर्नेछ