IME Life New

नाफा मात्रै खोज्नेले बैंक वित्तीय संस्थामा होइन, एकल व्यापार गर्नुस्ः गभर्नर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुले मुनाफा मात्रै हेर्न नहुने भन्दै मुनाफा मात्रै खोज्ने भए एकल लगानीको व्यापार गर्न आग्रह गरेका छन् । उनले बैंक तथा वित्तीय क्षेत्र सार्वजनिक निकाय भएकोले सेवा, सरकार र जनता प्रत्यक्ष जोडिने विषय भएकोले संस्मरण गराए ।

प्रदेश स्तरीय देउराली लघुबित्त बित्तीय संस्थाको बुटवलमा शुभारम्भ गर्दै गभर्नर डा. नेपालले भने, ‘नाफा मात्रै कमाउने मन भए एकल लगानीमा बिजनेस गर्नुस्, बैंक बित्तीय संस्थामा अरुको पैसामा रमाउने काम नगर्नुस् ।’

Esewa
Crest

उनले बैंक तथा बित्तीय संस्थाले एउटाको पैसा अर्कालाई दिने भएकाले जनताको गरेको निक्षेपलाई सुरक्षित रुपमा राखिदिने दायित्व पनि बैंकको नै भएको भन्दै समाज, देश, सिंगो अर्थतन्त्रप्रतिको दायित्व, कर्तव्य र जिम्मेवारी पुरा गर्न निर्देशन दिए । उनले बैंकहरुमा पुजिबृद्धि जरुरी भएको बताए । बैंक तथा बित्तिय संस्थाको पुँजी वृद्धिलाई रोक्नका लागि मन्त्रीदेखि माफयासम्मको दवाव आउने गरेको बताउँदै सिंगो अर्थतन्त्रलाई सही दिशामा डोर्याउने नीति रोक्न नसकिने जवाफ दिएका छन् ।

गभर्नर डा. नेपालले हाल ६१ प्रतिशत जनता वित्तीय पहुँचमा पुगेको जानकारी गराउँदै उनले बाँकी ३९ प्रतिशत जनतालाई बित्तीय साक्षरता पुर्याउन सबै एकजुट हुनुपर्ने बताए । देउराली लघुबित्त वित्तीय संस्थाका अध्यक्ष बिनोद ज्ञवालीले आफुहरु दीर्घकालिन रुपमा वित्तीय क्षेत्रमार्फत जनतालाई योगदान पुर्याउने उद्देश्यले आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS