IME Life New

एनआरएन लघुवित्तले गर्यो अर्को मर्जर सम्झौता, मर्जरपछि एफपीओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

कैलाली । एनआरएन लघुवित्त वित्तिय संस्थाले अर्काे मर्जर सम्झौता गरेको छ । पहिलो मर्जर सफल गरेको छोटो समयमै माघ १ गते बुधबार एनआरएनले सुदूरपश्चिमको लम्कीचूहा न.पा. मा रहेको किसान माइक्रोफाइनान्स र काभ्रेपलान्चोक जिल्लाको भकुन्डेबेसीमा रहेको दिव्य लघुवित्तसँग दोश्रो मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको जनाएको छ ।

सम्झौतामा किसान माइक्रोफाइनान्स तर्फबाट सञ्चालक समितिका अध्यक्ष नेत्रप्रसाद जोशी, एनआरएन लघुवित्तका तर्फबाट मर्जर समिति संयोजक शम्भु घिमिरे र दिव्य लघुवित्तका तर्फबाट मर्जर समिति संयोजक महेश बस्नेतले हस्ताक्षर गरिसकेका छन् भने सम्झौताको विबरण राष्ट्र बैंकमा दर्ता समेत गरिसकेको संस्थाले जनाएको छ ।

Esewa
Crest

संस्थाको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हालको एनआरएन लघुवित्त वित्तिय संस्था लि बाटै रहने सहमति भएकोछ भने संस्थाको नाम एकिकृत साधारण सभाले परिवर्तन नगरेसम्म एनआरएन लघुवित्त वित्तिय संस्था नै रहने छ । चैत्र भित्र नै एकिकृत कारोबार गर्ने गरि मर्जरको कार्य तीव्र गतिमा हुने संस्थाले जनाएको छ । त्यस्तै, संस्थाको सेयर अनुपात मर्जरको दौरानमै गरिने भएको छ ।

मर्जर पश्चात संस्था ५२ करोड पूजी सहित १३० भन्दा बढि शाखाबाट १ लाख सदस्यमा सात वटै प्रदेशमा उपस्थिती जनाउन सफल हुने एनआरएन लघुवित्तले स्थापनाको १ बर्ष छोटो अवधीमै ६ वटा लघुवित्त मर्ज गरि तत्कालै हकप्रद सेयर तथा एफपीओ जारि गरि १ अर्ब पूजी सहितको एक राष्ट्रियस्तरको सफल तथा शसक्त लघुवित्तका रूपमा स्थापित हुने लक्ष्य लिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत इन्द्र कुमार शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS