Connect IPS
IME Life

आज बीमा कम्पनीहरुका शेयरधनी मालामाल, कुन बीमा कम्पनीका लगानीकर्ताले कति कमाए ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पुष २७ गते नेप्सेमा ४२ दशमलव ६१ अंकको वृद्धि देखियो। परिसूचक ३ दशमलव ५१ प्रतिशतको वृद्धि देखिएसंगै बजारमा लगानीकर्ताहरुको खुशीको सीमा थिएन। आज सम्पूर्ण उपसुचकमा वृद्धि देखिएको छ। आज अरु सेक्टरभन्दा बीमा कम्पनीहरुमा लगानीकर्ता मालामाल भए। निर्जीवन बीमा कम्पनीहरुको उपसुचकमा सर्वाधिक ८ दशमलव १७ प्रतिशतको वृद्धि देखिएकोमा दोश्रोमा जीवन बीमा कम्पनीहरुको उपसुचकमा ६ दशमलव ८६ प्रतिशतको वृद्धि देखिएको छ।

जीवन बीमा कम्पनीहरु मध्य सूर्या लाईफ इन्स्योरेन्सको बजार मूल्य सर्वाधिक १० प्रतिशतले  वृद्धि भएको छ भने नेपाल लाईफ इन्स्योरेन्सको शेयर मूल्य सबै भन्दा थोरै ४ दशमलव ६९ प्रतिशतको वृद्धि देखिएको छ।

Prabhu
Crest

त्यस्तै निर्जीवन बीमा तर्फ नेपाल इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र सिद्धार्थ इन्स्योरेन्सको बजार मूल्य १० प्रतिशतले वृद्धि भएको छ भने राष्ट्रिय बीमा कम्पनीको बजार मूल्य सबै भन्दा थोरै ५ दशमलव ०२ प्रतिशतले वृद्धि भएको छ।

आज जीवन बीमा कम्पनीहरुको औसत बजार मूल्य ८ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ भने निर्जीवन बीमा कम्पनीहरुको औसत मूल्य ९ दशमलव २७ प्रतिशतको वृद्धि देखिएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS