IME Life New

बीमा कम्पनीका प्रिमियम र बोनसदर समान गरिनुपर्छः अध्यक्ष अमात्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रामशरण पोखरेल
पोखरा । पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमक समितिका केन्द्रिय अध्यक्ष राजेन्द्र अमात्यले सबै बीमा कम्पनीको प्रिमियम रकम र बोनसदर समान कायम गरिनुपर्ने र यसको लागि देशभरका सबै अभिकर्ता एकजुट हुनुपर्ने बताएका छन् ।

पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमक समिती पोखरा शाखाले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय अभिकर्ता प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षक अमात्यले अभिकर्ता बिना बीमा कम्पनी नाफामूलक हुन नसक्ने जिकिर गर्दै यस्तो धारणा राखेका हुन् । यद्यपि बीमा कम्पनीको प्रिमियम र बोनसदर सबै कम्पनीको समान हुन सम्भव भने छैन ।

Esewa
Crest

उनले सबै कम्पनीले समानदरले बोनस दिन नसक्ने हो भने कम्पनी मर्ज गर्नुपर्ने धारणा समेत राखेक । कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स बीमक समितिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद आचार्यले समितिको उद्देश्य का बारेमा प्रष्ट पारे ।

पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स पोखरा शाखाका अध्यक्ष तारा बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पोखरा शाखाका प्रमुख कुशलसिंह थापा, पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इन्स्योरेन्स बीमक समितिका केन्द्रिय सदस्य नेत्र ढकाल, सल्लाहकार प्रविण पोखरेल, संघका बाग्लुङ उपाध्यक्ष घनश्याम रिजाल, गोर्खा अध्यक्ष मिना श्रेष्ठलगायतले मन्त्व्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS