काठमाडौं । पूर्वी नेपालको इटहरीस्थित एक विद्यालयमा विद्यार्थीसँग बीमा समिति कार्यक्रम सम्पन्न भएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईको प्रमुख आतिथ्यमा समितिकै उपनिर्देशक तथा सूचना अधिकारी निर्मल अधिकारी तथा चार्टर्ड एकाउन्टेन्ट विरोध वाग्लेको उपस्थितिमा विद्यार्थीसँग बीमाबारे अन्तरक्रिया गरिएको जनाएकाे छ ।
इटहरीको कचना महादेव माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमका १५० भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो । विद्यालय तहमै बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले समितिले विद्यालयमै पुगेर विद्यार्थीसँग अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ ।
यसअघि अर्घाखाँचीमा विद्यार्थीसँगै यस्तै अन्तरक्रिया गरेको समितिले पूर्वी नेपालको इटहरीमा पुगेर विद्यर्थाीसँग अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेको हो ।