IME Life New

युनाईटेड इन्स्योरेन्सका अध्यक्षसहित तीन सञ्चालकद्वारा राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीका अध्यक्षसहित तीन जना सञ्चालकहरुले पदबाट राजिनामा दिएका छन् । एक साताअघि कम्पनीका अध्यक्ष भरत बहादुर कार्की, सञ्चालकद्वय महेशराज पन्त र बुद्धकाजी श्रेष्ठले राजिनामा दिएका हुन् ।

अध्यक्ष कार्कीले व्यक्तिगत कारणले राजिनामा दिएको इन्स्योरेन्स खवरलाई बताए । कार्कीले भने, ‘अन्य कुनै कारणले होइन, व्यक्तिगत कारणले नै राजिनामा दिएको हुँ ।’ विश्व बैंकमा कन्सल्टेन्सको रुपमा काम गरिसकेका बीमा तथा बैंकिङ क्षेत्रका विज्ञ समेत रहेका अध्यक्ष कार्कीसहितका तीनजना सञ्चालकले राजिनामा दिएको घटनालाई अर्थपूर्ण रुपमा हेरिएको छ । कार्की एनई ग्रुपबाट अध्यक्ष बनेका थिए । राजिनामा गर्ने अन्य दुई सञ्चालकहरु भने चौधरी ग्रुपबाट प्रतिनिधित्व गर्दछन् ।

Esewa
Crest

यद्यपि अध्यक्षसहितका तीन जना सञ्चालकको राजिनामा भने स्वीकृति भएको छैन । एक महिनादेखि कम्पनीमा बोर्ड बैठकमा बस्न नसकेका कारण राजिनामा स्वीकृति रोकिएको हो । राजिनामापछि सञ्चालकहरु कम्पनी जान छोडिसकेका छन् । कार्कीलाई गत भदौं ९ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको थियो । उनले चार महिनाभित्रै राजिनामा दिनुको कारण खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS