एजेन्सीहरु । मध्यपूर्वमा विकास भएको घटनाक्रम अन्ततः युद्धमा परिणत भएको छ । इराकमा रहेको अमेकिी सेनामाथि इरानले आक्रमण थालेको छ । गएराति यस्तो आक्रमण भएको हो ।
अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार इराकमा रहेको अमेरिकी सेनामाथि इरानले दर्जनभन्दा बढि ब्यालेष्टिक मिसालद्वारा आक्रमण गरेको छ । अमेरिकाले जवाफी आक्रमण गरे कुनै समाचार बाहिर आएको छैन । घटनामा के कति अमेरिकीलाई क्षति भयो भन्ने प्रष्ट भइरहेको छैन । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीले अमेरिकी सेनामाथिको गरिएको मिसाइल आक्रमणको भिडियोसहितको समाचार सम्प्रेषण गरेका छन् । इरानको टेलिभिजनले अमेरिकी सेनामाथि इरानी सेनाले आक्रमण गरेको औपचारिक रुपमा पुष्टि गरेको छ । हिजै मात्रै इरानको संसदले अमेरिकी सेनालाई विश्व आतंकवादी घोषणा गर्ने एक प्रस्ताव पारित गरेको थियो ।
गत साता इरानका सैन्य कमाण्डर कासिम सोलेमानीको अमेरिकाले हत्या गरेपछि मध्यपूर्वमा अस्थिरता सुरु भएको थियो ।