काठमाडौं । बेरोजगार युवाहरुलाई जीवन बीमा पेशामा आबद्ध गर्ने उद्देश्यले विद्यमान बीमा अभिकर्ता तालिम शुल्कमा ५० प्रतिशत छुट दिई बीमा अभिकर्ता तालिम सञ्चालन हुने भएको छ ।
नेपाल लाईफको आयोजनामा पौष महिनाभरि सञ्चालन हुने अभिकर्ता तालिमहरु ५० प्रशितशत छुटमा सञ्चालन गरिने नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो योजना पौष १ गतेदेखि लागू भइसकेको छ भने पौष २९ गतेसम्म तालिम लिने अभिकर्ताले यस्तो छुट पाउनेछन् ।
जीवन बीमा अभिकर्ता शुल्क मध्ये इजाजत पत्र शुल्कसहित १००० रुपैयाँ लाग्ने र हाल इजाजत पत्र शुल्क ५०० रुपैयाँ छुट दिने निर्णय भएको नेपाल लाईफ इन्स्योरेन्सले जनाएको छ । कम्पनीले पौष महिनाभरि अभिकर्ता तालिममा केन्द्रीत हुन सबै प्रदेश कार्यालय, शाखा तथा उपशाखालाई निर्देशन दिएको छ ।
जीवन बीमा कम्पनीहरुको मुख्य मेरुदण्ड नै जीवन बीमा अभिकर्ताहरु हुन् । बीमा अभिकर्ता उत्पादन बीमा जीवन बीमा कम्पनीहरुको वित्तीय कारोबार खुम्चिन पुग्दछ । हाल नेपालभर पौने छ लाख बीमा अभिकर्ता रहेका छन् ।