IME Life New

वोमी लघुवित्तको अध्यक्षद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको अध्यक्षका रुपमा सर्वसम्मत चयन भएकी बिमला उपाध्याय घिमिरेले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । वोमी लघुवित्त वित्तीय संस्था तथा नागरिक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिए पश्चातको संस्थाको अध्यक्षका चयन भएकी उपाध्याय घिमिरेले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देब कुमार ढकालद्धारा पद तथा गोपनियताको सपथ ग्रहण गरेकी हुन् ।

नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयमा भएको उक्त सपथ ग्रहण कार्यक्रममा सञ्चालकहरु बिन्दीया श्रेष्ठ प्रधान, किशोरी थापा, कल्पना बराल, शिव प्रसाद मिश्र र कृष्णराज सिलवालको उपस्थिति रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा संस्थाका कम्पनी सचिव एवं प्रमुख कार्यकारी अधिकृत प्रमेश आचार्य तथा नायव महाप्रबन्धक रबिन्द्र तिमल्सेना समेतले उपस्थिति जनाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS