IME Life New

दावी भुक्तानीमा झुलाउने बीमा कम्पनीलाई कडा नियम ल्याउँदै बीमा समिति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय बीमाको दायरा बढेसँगै बीमा नियमन पनि चुनौतिपूर्ण बन्दै गइरहेको छ । बीमा कम्पनीहरुले दावी भुक्तानीमा बीमितहरुलाई अनेकन बाहानामा झुलाउने गर्न थालेपछि बीमा समितिले दावी फस्र्यौट सम्बन्धी बीमा समितिले स्पष्ट म्याण्डेड सहितको निर्देशन दिने तयारी गरेको छ ।

बीमा समिति सूत्रले भन्यो, ‘दावी फस्र्यौट सम्बन्धी केही निर्देशन तोकेरै जानुपर्ने अवस्था आएको छ, हामीले अब बीमा दावी भुक्तानीमा झुलाउने कम्पनीहरुलाई तह लगाउन केही नियमले बाध्न खोजेका छौं ।’

Esewa
Crest

नयाँ व्यवस्थापछि दावी भुक्तानी अझै सरल र छिटो छरितो हुने विश्वास लिएको बीमा समितिले जनाएको छ । बीमा कम्पनीहरुले दावी भुक्तानीमा अनेकन बाहानामा बीमितलाई झुलाउने गर्दै आएको गुनासो बीमा समिति तथा अर्थमन्त्रालय सम्म पुगेको छ । स्रोतका अनुसार निर्जिवन बीमा कम्पनीहरुले आफू अनुकूलको सर्भेयरमार्फत दावी भुक्तानीमा अनेकन बखेडा झिकेर अल्झाउने, बार्गेनिङ गर्ने गर्दै आएका छन् भने जीवन बीमा कम्पनीहरुले मृत्यु बीमा दावी भुक्तानीको लागि समेत ५।७ वर्ष पुरानो केही रोग थियो कि थिएन ? इत्यादि खोजेर हैरान पार्ने गरेका छन् ।

नयाँ निर्देशिकापछि दुवै थरिका बीमा कम्पनीहरु एउटा दायरामा बाँधिएर छिटो छरितो ढंगले दावी भुक्तानी गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS