IME Life New

नजिकिँदै फागुन २०, नयाँ अर्थमन्त्रीको लागि दौडधुप सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको सांसद पद आगामी फागुन २० मा सकिदैछ । डा. खतिवडालगायतका १९ जना सांसदको पद रिक्त हुने भएपछि सो पदका लागि आगामी माघ ९ निर्वाचन हुँदैछ । नेपालको संविधान अनुसार मन्त्री पदमा बहाल रहनका लागि सांसद हुनु अनिवार्य छ ।

सांसद पदको समयावधी सकिएसँगै अर्थमन्त्री डा. युवराज खतिवडा फागुन २० भित्रैमा पदमुक्त हुँदैछन् । फागुन २० पछि रिक्त हुने अर्थमन्त्री बन्न नेकपाभित्र दौडधुप सुरु भएको छ ।

Esewa
Crest

अर्थमन्त्रीको पदावधी सकिनै लाग्दा अर्थमन्त्री बन्ने आकांक्षीहरुको दौडधुप सुरु भइसकेको छ । नेकपाका महासचिव विष्णु पौडेल आफै अर्थमन्त्री बन्ने मनस्थितिमा रहेको बताइन्छ । त्यस्तै समाजवादी अर्थव्यवस्थाको वकालत गर्दै आएका सुरेन्द्र पाण्डेको दरिलो दावी यथार्थमा परिणत हुने सम्भावना रहेको चर्चा पनि नेकपाभित्र चलिरहेको छ । त्यस्तै वर्षमान पुन अनन्त पनि उर्जा छोडेर अर्थमन्न्त्रालयतिर जाने सोचाईमा रहेका छन् भने जनार्दन शर्मा प्रभाकर पनि अर्थमन्त्री बन्ने लाइनमा उभिएका छन् ।

शेयर बजारका खेलाडीहरु भने नयाँ अर्थमन्त्री आउने सम्भावनाका बीचमा बजारमा चलखेल गर्ने अवसरको रुपमा उपयोग गर्न खोजिरहेको देखिन्छ । शेयर बजार माथि जान नसक्नुमा अर्थमन्त्री नै मुख्य रुपमा जिम्मेवार रहेको भन्दै चर्को आलोचना भइरहेको बेला लगानीकर्ताहरुले यतिबेला उनको दिनगन्ती नै सुरु गरेका छन् ।

अर्थमन्त्री डा.युवराज खतिवडाले अर्को बाटोमार्फत पुनः सांसद नबनेको अवस्थामा आजको मितिबाट ७१ दिनपछि देशले नयाँ अर्थमन्त्री पाउने पक्का छ । यद्यपि नेकपा निकट सूत्रहरुले मन्त्रिपरिषदबाट राष्ट्रिय सभामा सदस्य नियुक्त भएका डा. खतिवडा पुनः मन्त्रिपरिषदबाटै आगामी छ वर्षको लागि सांसद बन्ने सम्भावना रहेको नकार्न चाहेको छैन । संघीयता कार्यान्वयन गर्न प्राविधिक अर्थमन्त्रीको भूमिका निर्वाह गरेर वर्तमान सरकारलाई ठूलो गुन लगाएका अर्थमन्त्री डा. खतिवडालाई अर्थमन्त्रीमै कायम राख्ने पक्षमा नेकपाका केही नेताहरु नै रहेको सूत्रको दावी छ ।

पार्टीमा ठूलो योगदान नपुर्याएको व्यक्तिलाई पटक पटक अवसर दिँदा पार्टीभित्रका अन्य नेता कार्यकर्तामा निराश आउने भन्दै कार्यकारी अध्यक्ष प्रचण्ड भने नयाँ व्यक्तिलाई अवसर दिने मनस्थितिमा रहेकाले यस वर्षको बजेट नयाँ अर्थमन्त्रीबाट आउने पक्कापक्की जस्तै छ ।

डा. खतिवडा २०७४ फागुन २१ गतेदेखि लागू हुने गरी राष्ट्रियसभाको सांसद पादमा नियुक्त भएका थिए । राष्ट्रिय सभाको सदस्यको कार्यकाल छ वर्षको हुने भएपनि रिक्त हुन नदिन गोलाप्रथाद्वारा छ वर्ष, चार वर्ष र दुई वर्षको पदावधी छनौट गरिएको थियो । गोलाप्रथा गर्दा डा. खतिवडाको भागमा दुई वर्षका परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS