काठमाडौं । नबिल बैंकको ३४ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।सभा प्रयोजनका लागि बैंकले भोली पुष ८ गते बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।
बैंकले पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे सुरु हुनेछ ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।
अधिकृत पुँजी वृद्धि गरी ११ अर्ब पुर्याउने, प्रबन्धपत्र र नियमावली संशोधन, संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पेश गरिनेछ ।
हाल नबिलको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ ।