IME Life New

प्रभु र समृद्धि क्यापिटलबीच मर्जर सम्झौता, पुँजि बजार पुनर्संरचना गर्ने लक्ष्य

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुँजि बजारलाई नै पुनर्संरचना गर्ने लक्ष्यका साथ दुई मर्चेन्ट बैंकिङ कम्पनी एक आपसमा गाभिने भएका छन् । एक आपसमा गाभिने सन्दर्भमा आज प्रभु ग्रुपको मुख्य लगानी रहेको प्रभु क्यापिटल र समृद्धि क्यापिटलबीच सम्झौता भएको हो।

बिहिवार एक कार्यक्रमकाबीच प्रभु क्यापिटलका सञ्चालक भुपिन्द्र्र खत्री र समृद्धिका अध्यक्ष एलपी भानु शर्माले आपसमा गाभिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । आज सम्पन्न भएको सम्झौता अनुसार नयाँ बन्ने कम्पनीको नाम प्रभु क्यापिटल राखिनेछ ।

Esewa
Crest

मर्जर प्रक्रिया पूरा भएपछि एकीकृत कम्पनीको चुक्ता पुँजि ८० करोड रुपैयाँ हुनेछ । नेपालको इतिहासमा सबैभन्दा ठूलो चुक्ता पुँजि भएको मर्चेन्ट बैंकिङ कम्पनीको रुपमा प्रभु क्यापिटलले कारोबार गर्नेछ ।

मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएपछि प्रतिक्रिया दिँदै प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचनले पुँजि बजारलाई थप मजबुत पार्न दुई कम्पनी मर्जर गरी पुँजिबजारलाई तरंगित पार्ने गरी काम गर्ने लक्ष्य लिएको बताए । उनले भने, ‘पुँजि बजारलाई संस्थागत रुपमा बलियो बनाउन तथा अहिले चलिरहेको प्रवृत्तिलाई रुपान्तरण गर्दै पुनर्संरचना गर्दै अघि बढ्न भूमिका निर्वाह गर्नेछ भन्ने विश्वास छ ।’

बैंक तथा वित्तीय क्षेत्रलाई सरकारले फोर्स मर्जरको अवधारणा अघि सारिरहेको बेला पुँजि बजार सम्बन्धी मर्चेन्ट बैंकिङ कम्पनीले स्वतःस्फूर्त रुपमा मर्जरमा गएको हो । शेयर बजारको कारोबार गर्ने कम्पनीको मर्जरले मर्चेन्ट बैंकिङ क्षेत्रमा पनि मर्जरको लहर चल्ने सम्भावना छ ।

कार्यक्रममा प्रभु बैकका अध्यक्ष देवी प्रकाश भट्टचन, सञ्चालकहरु रमेश सिंह खडका, अम्बिका शर्मा लामिछाने, प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थिति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS