IME Life New

प्रभु लाईफ इन्स्योरेन्स तेस्रो वर्षमा, देशैभरि बार्षिकोत्सवको कार्यक्रम (फोटो फिचरसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु लाईफ इन्स्योरेन्स कम्पनीले तेस्रो बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । प्रभु लाईफ इन्स्योरेन्सले शनिबार बार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय काठमाडौं देखि देशैभरिका शाखा कार्यालयहरुले भव्य रुपमा बार्षिकोत्सव मनाएको हो ।

प्रभु लाईफ इन्स्योरेन्सले आफ्नो फेसबुक पेजमा बार्षिकोत्सवबारेमा लेखेको छ, ‘जीवन बीमाका उपयुक्त योजनाहरु प्रस्ताव गर्दै प्रभु लाइफ इन्स्योरेन्स लि. ले सफलतापूर्वक बितेका दुई बर्षमा उत्साहजनक जनविश्वास र माया प्राप्त गरिसकेको छ । समस्त नेपालीहरुमाझ सुरक्षित भविष्यका लागि जीवन बीमा वारे सचेत गराउँदै र हाम्रो ग्राहक सेवालाई अझ विस्तार गर्ने प्रण गर्दै हामी तेस्रो वर्षमा प्रवेश गरेका छौँ । यसबीच हामीप्रति अगाध माया, विश्वास र सहकार्य गर्दै साथ दिनुहुने समस्त अभिकर्ताज्यूहरु, ग्राहक वर्ग र सरोकारवालाहरु प्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौं ।’

Esewa
Crest

कम्पनीले बार्षिकोत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष स्वच्छ वातावरण तथा सरसफाई अभियानलाई प्राथमिकता दिएको छ ।

कम्पनीले प्रदेश नं. ३ अन्तर्गतको कार्यक्रममा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज, काठमाण्डौंलाई अस्पताल परिसरमा फोहर ब्यवस्थापनका लागि फोहर फाल्ने गार्बेज बिनहरु उक्त अस्पतालका नि. निर्देशक, अन्य विभागीय प्रमुख तथा कर्मचारीहरुको उपस्थितिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलज्यूले हस्तान्तरण भएको थियो । कार्यक्रममा कम्पनीका ब्यवस्थापन समुहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रदेशनं. १,२,३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी बिद्यालय तथा सरकारी अस्पतालको सरसफाई गरी उक्त स्थानहरुमा समेत गार्बेज बिनहरु उपलब्ध गराएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS