काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले आफ्नो चौथो वार्षिक साधारण सभा पुस २६ गते गर्ने भएको छ । सभा शुभश्री प्यालेस हसनपुर धनगढी, कैलालीमा बिहान ११ बजेबाट सुरु हुने संस्थाले जनाएको छ ।
सभा प्रयोजनका लागि घोडाघोडीले पुस ७ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्दैछ ।
सभामा सस्ंथाले २० प्रतिशत हकप्रद निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्ने छ । सस्ंथाले हालको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रुपैयाँबाट २० प्रतिशतका दरले ५५ हजार २५० कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
त्यस्तै, सभामासभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाह लगायतका विषयमा छलफल हुने जनाएको छ ।
हाल कम्पनीको चुक्ता पूँजी २ करोड ६७ लाख २५ हजार रुपैयाँ छ । हकप्रद निष्कासनपछि कम्पनीको पूँजी ३ करोड ३१ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।