IME Life New

निर्जिवन बीमा कम्पनीका शाखा प्रमुखलाई सधैं दवाव, महिलाहरु झनै पेलानमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार सिद्धार्थ इन्स्योरेन्सको बिराटनगरस्थित शाखा कार्यालयमा सम्पर्क गर्दा शाखा प्रमुख जाग्रिति झा हस्याङ फस्याङ्मा थिईन् । निकै व्यस्त रहेकी उनले भनिन्, ‘टार्गेट मिट गर्ने दवाव छ ।’ त्यस्तै सिद्धार्थकै गण्डकी प्रदेश प्रमुख सुनैना पालिखेले पनि शाखा प्रमुखहरुलाई दवाव बढि हुने गरेको स्वीकार गरिन् । पालिखेले इन्स्योरेन्स खवरसँग भनिन्, ‘प्रतिस्पर्धी बजार छ, अलिकति प्रेसर त हुने नै भयो नि ।’

सिद्धार्थ मात्रै होइन, शिखर इन्स्योरेन्सले पनि आफ्ना शाखा प्रमुखहरुलाई पनि उत्तिकै दवाव दिने गरेको छ । शिखर इन्स्योरेन्सकै राजधानीमै काम गर्ने एक शाखा प्रमुखले भने, ‘पेलान त कति हो कति सर, एक दिन भेटेरै सबै भनौला, टेलिफोनमा भन्न सक्दिन ।’ एक शाखा प्रमुखले इन्स्योरेन्स खवरसँग भने, ‘महिलाले शाखा प्रमुख भएर दवाव थेग्न सक्ने अवस्था छैन ।’ केन्द्रीय कार्यालयको पेलानसँगै निर्जिवन बीमा कम्पनीहरुका शाखा प्रमुखको रुपमा काम गर्ने कर्मचारीहरु पाउन कठिन हुँदै गएको छ ।

Esewa
Crest

निर्जिवन बीमा कम्पनीमा काम गर्ने पुरुष कर्मचारीहरुलाई भन्दा महिला कर्मचारीमाथि अझै बढि दवाव र पेलान हुने गरेको शाखा प्रमुखको रुपमा कार्यरत महिलाहरुले इन्स्योरेन्स खवरलाई गुनासो गरेका छन् । चर्को दवाव खेप्न नसकेर शिखर इन्स्योरेन्सकी इटहरी प्रमुख शारदा लुइटेलले गत असोजमा राजिनामा दिएर जागिर छोडेकी छिन् ।

कम्पनीका उच्च पदस्थ अधिकारीहरुले महिला कर्मचारीमाथि झनै पेलान दिने गरेको एक भूतपूर्व शाखा प्रमुखले इन्स्योरेन्स खवरलाई बताए । सिद्धार्थ इन्स्योरेन्सले महिलामाथि धेरै नै दवाव र पेलान दिने गरेको पीडितहरु बताउँछन् । सिईओ बीरेन्द्र बैदवारले मार्केटिङ प्रमुखमार्फत मातहतका महिला कर्मचारीमाथि विभेदपूर्ण दवाव दिने गरेको गुनासो कर्मचारीहरुको छ ।
शाखा प्रमुखमाथि सबैभन्दा धेरै टार्गेट र अरुको व्यापार खोस्न दवाव दिने गरेको कर्मचारीहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS