IME Life New

बेलायती बोर्डको एक्चुरिज परीक्षामा दुई नेपालीले ल्याए उत्कृष्ट नतिजा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी पेशा एक्चुरियल प्रोफेशन परिक्षामा सहभागी दुई नेपालीले उत्कृष्ट नतिजा ल्याएका छन् ।

एक्चुरियल सम्बन्धी बेलायती बोर्ड इन्स्टीच्यूट एण्ड फ्याकल्टी अफ एक्चुरिज (आईएफओए) परिक्षामा सहभागी त्रिभुवन विश्व विद्यालय गणित विज्ञान स्कूलका दुई विद्यार्थीले पहिलो वर्ष नै उत्कृष्ठ नम्वरसहित उत्तिर्ण गरेको सो स्कूलका निर्देशन प्रा. डा. प्रकाशमुनी बज्राचार्यले बताए ।

Esewa
Crest

गत वर्ष सञ्चालित परिक्षामा सहभागी दुई जना नेपाली मध्ये ८८ प्रतिशत र ७४ प्रतिशत नम्वर ल्याएर शतप्रतिशत नतिजा ल्याउन सफल भएको बज्राचार्यले बताए । त्रिविको गणित स्कूलमा अध्ययन गरिरहेका ऋचा ढकाल र सन्तोष लामिछानेले उक्त नम्वर ल्याएर उत्तिर्ण भएका हुन् ।

गणित स्कूलका कार्यक्रम संयोजक केशवराज फुलाराले यस वर्ष पनि २२ जना परिक्षार्थीले आईएफओएको परीक्षा दिएका छन् । उनीहरुको नतिजा आउन बाँकी छ । अघिल्लो वर्ष संसारभरबाट परिक्षा दिएका एक हजार चार सय परिक्षार्थी मध्ये पाँच मात्रै उत्तीर्ण भएका थिए । नेपालबाट सहभागी विद्यार्थीले शतप्रतिशत उत्तिर्ण गरेको फुलाराले बताए । यस वर्ष पनि शतप्रतिशत नै उत्तीर्ण हुनेमा आशावादी रहेको उनले बताए ।

त्यस्तै अघिल्लो वर्ष उत्तीर्ण भएका दुई परिक्षार्थी ढकाल र लामिछानेले यस वर्ष तेस्रो पेपरको तयारी गरिरहेको बताए । बेलायती बोर्डबाट १३ पेपर परिक्षा दिएपछि मात्रै एक्चुरिजको रुपमा काम गर्न पाइनेछ । अन्तर्राष्ट्रिय रुपमा काम गर्ने पाइनेछ । नेपालमा एक्चुरिजको चर्को अभाव छ । नेपालमा एक्चुरिज नहुँदा नेपाली बीमा कम्पनीहरुले भारतीय एक्चुरीको भर पर्नु परेका कारण बार्षिक साधारणसभा नै ढिलाई हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS